१२ साउन २०८३ , मङ्गलबार

करको दायरा परिवर्तनसँगै उपभोक्ताको थाप्लोमा महँगीको भारी

जेठ ३०, काठमाडौँ । सरकारले बजेट भाषणमा करको दायरा परिवर्तन गरेको बहानामा व्यापारीले दैनिक खाद्य वस्तुको मूल्य बढाएपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेको छ ।

आगामी आर्थिक वर्ष ०७५/७६ को बजेटमा खाद्यवस्तु आयातमा लाग्ने करको दर बढाएपछि व्यापारीले त्यस्ता वस्तुको भाउ बढाउँदा उपभोक्ताको भान्सा महँगिएको खबर आजको नागरिक दैनिकमा छ ।

 

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएपछि न्यून आम्दानी हुने, ज्यालादारी गरेर घरव्यवहार चलाउने र विद्यार्थी बढी मर्कामा परेका छन् । व्यापारीले स्टक खाद्यवस्तु पनि मूल्य बढाएर बेच्न थालेका छन् । उपभोग्य वस्तुको मूल्य किलोमा चार देखि २० रुपैयाँसम्म बढेको व्यवसायी बताउँछन् ।

 

बजेट भाषण (जेठ १५) पछि यसै साता दाल किलोमा १०, खाने तेल लिटरमा २० रुपैयाँ र चामल बोरा (२५ किलो) मा सय रुपैयाँ मूल्यवृद्धि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *