०६ असोज २०८३ , मङ्गलबार

चिकित्सक र नर्सलाई बेलायत जान सहज हुने

असार २, लन्डन । बेलायत सरकारले युरोपेली युनियन (ईयू) बाहेकका मुलुकबाट आउने चिकित्सक तथा नर्सका लागि अध्यागमन नीति खुकुलो बनाउने भएको छ ।

ब्रिटेनको नेसनल हेल्थ सर्भिस (एनएचएस) ले चिकित्सक तथा नर्सहरुको बढ्दो अभाव झेलिरहेका बेला सरकारले दक्ष कामदारको भिसा रुट सहज बनाउन लागेको समाचार कान्तिपुर दैनिकमा छ ।

 

सरकारले उसअघि ईयूबाहेकका मुलुकबाट चिकित्सक तथा नर्सहरु बेलायत आउनुपरे टियर टु अन्तर्गत आवेदन दिनुपथ्र्यो जसमा २० हजार ७ सय वार्षिक कोटा थिए ।

 

वर्तमान प्रधानमन्त्री टेरेना मे गृहमन्त्री छँदा आप्रवासी नियन्त्रणकै हिस्सा स्वरुप सन् २०११ मा उनले यो सीमा तोकेकी थिइन् ।

 

तर अब डाक्टर, नर्सहरुमा त्यो सीमा लागू नहुने भएपछि एनएचएसले हजारौं मेडिकल स्टाफ भर्ना गर्न सक्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *