०३ बैशाख २०८३ , बिहिबार

साइवर अपराधमा बढी महिला पीडित

असार २, काठमाडौँ । सामाजिक सञ्जालको प्रयोगसँगै किशोरी पीडित हुने सङ्ख्या बढ्दो छ । प्रविधिको प्रयोगसँगै हुने अपराधमा पनि लैङ्गिक रूपमा महिला नै बढी पीडित देखिएको समाचार आजको गोरखापत्र दैनिकमा छ ।

 

एकजना १९ वर्षको केटाले १७ वर्षीय केटीलाई थाहै नदिई सिन्दुर लगाएर फोटो खिचेछ । केटीले आफ्नो प्रस्ताव स्वीकार नगरेपछि केटीकै नाम र फोटो राखेर फेसबुक खोली केटीका आफन्त र साथीलाई फेसबुकमा साथी बनाएर बिहे गरेको फोटो वालमा पोष्ट गरिदियो । त्यसकै कारणले केटी र केटीको परिवारलाई ठूलो समस्या प¥यो । सामाजिक रूपमा नभएको बिहे भयो भनेर फैलियो ।

 

कतै केही पोष्ट र म्यासेज भएकै कारण कसैको जीवन बर्बादसम्म भएको छ । कति युवा यसकै कारण डिप्रेसनदेखि आत्महत्यासम्म पुगेका छन् ।

 

महानगरीय प्रहरी परिसर साइवर अपराध सेलका प्रहरी निरीक्षक प्रदिन ताम्राकारले विशेषगरी विद्युतीय (साइबर) अपराधमा किशोरीहरु बढी पीडित हुने गरेको उल्लेख गर्दै भने, “पीडितमध्ये ८० प्रतिशत महिला अझ त्यसमा पनि किशोरी बढी पीडित हुने गरेका छन् ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *