असार ३, काठमाडौँ । सडक दुर्घटनाबाट दैनिक ५ जनाको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ ।
प्रहरी प्रधान कार्यालयअन्तर्गतको ट्राफिक निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७४/७५ वैशाख मसान्तसम्म ९ हजार ५० वटा सवारी दुर्घटनामा परी २ हजार ९७ जनाले ज्यान गुमाएका छन् ।
अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको उक्त तथ्याङ्कले देखाएको समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।
हालसम्मको तथ्यांक विश्लेषण गर्ने हो भने, अघिल्लो वर्षभन्दा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या एक प्रतिशतले घटेको छ । तर, दुर्घटना हुने प्रवृत्तिमा फरक आएको देखिँदैन ।








