२० बैशाख २०८३ , आइतबार

अमेरिकी आप्रवासन नीतिका कारण २ हजार नाबालक अभिभावकबाट अलग

असार ४, वासिङ्टन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकाको सीमा क्षेत्रबाट ६ सातामा करिब २ हजार आप्रवासी बालबालिकालाई उनीहरूका अभिभावकबाट अलग गरिएको छ ।

 

मेक्सिको र अमेरिकाको सीमाक्षेत्र गैरकानुनी रूपमा पार गर्न खोज्ने आप्रवासीविरुद्ध कारबाही अघि बढाइएपछि वयस्कहरू पक्राउ छन् । पक्राउ गरिएका अभिभावक र बालबालिकालाई अलग्गै राखिएको हो । उक्त मुद्दाका कारण अमेरिकी राजनीति हालैका दिनमा केही तातेको बीबीसीले जनाएको छ । गत बिहीबार महान्यायाधिवक्त जेफ सेसन्सले अमेरिका प्रवेश गर्ने आप्रवासीमाथि ‘शून्य सहनशीलता’ अपनाइने बताएका थिए ।

 

उनका अनुसार लामो समयदेखिको आप्रवास नीतिविपरीत गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीलाई फौजदारी अभियोग लगाइनेछ । सबै वयस्कलाई अभियोग लगाएर थुनिएको अधिकारीहरूले जनाएका छन् ।

 

अभिभावकबाट अलग गरिएका बालबालिकाबारे विस्तृत विवरण तथा उमेरबारे भने केही खुलाइएको छैन । बालबालिकाहरूलाई अमेरिकी सरकारको स्वास्थ्य र मानव सेवा हेर्ने निकायमा हस्तान्तरण गरिएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *