असार ५, सुनसरी । उदयपुर र सुनसरीको सीमा चतरास्थित कोसी पुलनजिकै नयाँ ब्यारेज बनाइने भएको छ ।
ब्यारेजमार्फत सुनसरी–मोरङ सिँचाइ योजनामा पर्याप्त पानी उपलब्ध गराउने योजना छ । यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु भइसकेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।








