१८ जेठ २०८३ , सोमबार

बेइजिङमा प्रम ओलीको पहिलो सम्बोधन ः चीन र दक्षिण एसिया जोड्ने आर्थिक हब नेपाल

असार ६, बेइजिङ । ६ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली दुतावासले ओजना गरेको रात्रीभोजका सहभागीलाई सम्बोधन गरेका छन् । रात्रीभाजमा सहभागी नेपाली समुदायलाई सम्बोधन गर्दै प्राचीन समयमा नेपाल चीन र दक्षिण एसिया जोड्ने आर्थिक हब रहेको बताएका छन् ।

 

साँझ प्रधानमन्त्री र उनी नेतृत्वको टोली होटेल हिल्टनमा चीनस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी भएको हो । जहाँ प्रधानमन्त्री ओलीले ‘तपाईंहरूलाई भेट्न पाउँदा म निकै खुसी छु’ वाक्यलाई चिनियाँ भाषामा सम्बोधन गर्दै मन्तव्य सुरु गरेका थिए । उनले झन्डै १५ मिनेट लामो लिखित भाषण पढेका थिए ।

 

‘प्राचीन सिल्करोडको अंगका रूपमा नेपालले दक्षिण एसिया र चीन जोड्ने भूमिका खेलेको थियो’, प्रधानमन्त्री ओलीले भने, ‘अब त्यो दुवै देशको हितका लागि ब्युँताउनुपर्छ, ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *