०३ बैशाख २०८३ , बिहिबार

कोरियामा एक नेपाली कामदारको मृत्यु

असार ६, सोल । दक्षिण कोरियामा तिन वर्षअघि इपिएस मार्फत् पुगेका एक नेपाली कामदारको ज्यान गएको छ ।

 

ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत मोरङको बेलबारी लक्ष्मीमार्गका बलकुमार राईको औद्योगिक दुर्घटनामा परी मंगलबार ज्यान गएको हो ।

 

दाना पकाउने भाँडामा ग्यास ओभर भएपछि पड्किँदा नजिकै रहेका राई तातो ग्यास र पाउडरले पोलेर घाइते भएका थिए ।

 

सोमबार बिहान घटना भएपछि तुरुन्तै भुसान अस्पताल लगिए पनि राति दुई बजे अस्पतालले मृत घोषणा गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *