असार ६, नयाँदिल्ली । जम्मु कश्मिर सरकारबाट भारतीय जनता पार्टी (भाजपा) अलग हुने घोषणा लगत्तै मुख्यमन्त्री मेहमुबा मेफ्तीले राजिनामा दिएकी छिन् ।

जम्मु काश्मिरमा बढ्दो हत्या हिंसा र त्यसबाट बिकसित राजनीतिक अन्यौलबीच भाजपा महासचिव राम माधवले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रदेश सरकारबाट अलग भएको घोषणा गरेका थिए ।
राज्यमा शान्ति सुरक्षा कायम गर्न नसकेको, आतंकवादलाई नियन्त्रण गर्न नसकेको लगायतमा सरकार असफल भएको आरोप लगाउँदै समर्थन फिर्ता लिएको हो ।
भाजपाको उक्त निर्णय प्रति पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) ले आश्चर्य व्यक्त गरेको र लगत्तै पीडिपी प्रमुख तथा मुख्यमन्त्री मेहमुबा मुफ्तीले पदबाट राजिनामा दिएकी छिन् । मुफ्तीको राजीनामासंगै कश्मिरमा थप अन्योल सिर्जना भएको छ ।








