२० जेठ २०८३ , बुधबार

चिनियाँ रेल नेपाल पुर्याउने परिकल्पनाले लियो मूर्त रूप

असार ७, काठमाडौँ । चिनियाँलाई रेललाई नेपालसम्म पु¥याउने परिकल्पनाले अब कार्यरूप पाउने भएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार बेईजिङमा भएको वार्तामा चिनियाँ रेल नेपाल आउने ठोस समझदारी भएको छ ।

 

कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार चिनियाँ राष्ट्रपति सीले सीमा वारपार रेल सञ्जालको नेपाली चाहनालाई पहिलोपटक ठोस रुपमा अनुमोदन गरिदिएका हुन् ।

 

उनले ग्रेट हल अफ दि पिपुलमा शिष्टाचार भेटका निम्ति पुगेको नेपाली प्रतिनिधिमण्डलसामु भने, ‘हामीले छिङहाईदेखि ल्हासासम्म बनाएको रेलमार्ग अहिले शिगात्से पुगेको छ । त्यो अझै अगाडि बढ्दैछ र मलाई विश्वास छ, त्यो चाँडै काठमाडौं पनि पुग्नेछ ।’

 

प्रस्तावित केरुङ–काठमाडौं रेलमार्गको हाल जारी पूर्वसम्भाव्यता अध्ययन यही अगस्ट महिनाभित्र सक्ने गरी तयार पारिएको समझदारीपत्रमा बिहीबार हस्ताक्षर हुँदै छ । पूर्वसम्भाव्यता अध्ययनपछि अर्को सम्भाव्यता अध्ययनतर्फ नलागी सिधै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *