असार ७, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले विभागबाट गुणस्तर चिह्न (एनएस) नै नलिई नक्कली चिह्न लगाएर सञ्चालित ओडिएटी फुड एण्ड विभरेज प्रालिलाई बन्द गराएको छ ।
उक्त उद्योगले विभागबाट अनुमति नलिई प्रान पोट्याटो क्य्राकरमा एनएस चिह्न लगाएर बिक्री वितरण गरेको पाइएपछि बुधबार उद्योगमा शिल लगाइएको हो ।
कम्पनीले काठमाडौँको मूलपानीमा उत्पादन भएको २५ ग्राम प्याकिङ साइजलाई विभागबाट अनुमति नलिई एनएस चिह्न राखेको अनुगमनमा भेटिएपछि कम्पनीलाई शिलबन्दी गरी कारबाही गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।
गुणस्तरबाट एनएस चिह्न लिन उद्योगीले नियमानुसार उत्पादन गर्नुपर्ने हुन्छ । उनीहरुको गुणस्तरबारेमा विभागले परीक्षण गरेपछि मात्रै सरकारले एनएस चिह्न उपलब्ध गराउने गरेको छ ।








