असार ७, काठमाडौँ । २०७२ वैशाखको महाभूकम्पले भत्काएको धराहरा निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज बिहीबार धरहराको टेन्डर खोल्ने भएको छ ।

गएको वैशाख ३० गते प्राधिकरणले मुलुक र वा मुलुक बाहिरको ठेकेदारले समेत प्रतिस्पर्धा गर्न सक्ने गरी टेन्डर आव्हान गरेको थियो । प्राधिकरणले अनलाइनमार्फत टेन्डर आव्हान गरेकाले कति कम्पनीले प्रतिस्पर्धा गरे भन्ने विषयमा प्राधिकरणलाई जानकारी छैन ।
प्राधिकरणका सम्पदा संरक्षण विभाग प्रमुख राजुमान मानन्धरले आज बिहीबार कति ठेकेदारले प्रतिस्पर्धा गरेका छन् भन्ने विषयमा जानकारी हुने बताए । उनले भने– ‘आज २ बजे टेन्डर खोलेपछि कतिले प्रतिस्पर्धा गरे भन्ने विषयमा जानकारी हुने र पछि मूल्यांकन गरेपछि कुन ठेकेदारलाई टेन्डर दिइयो भन्ने विषयमा थाहा हुनेछ ।’ आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।








