०३ बैशाख २०८३ , बिहिबार

प्राकृतिक विपतले वर्षेनी ५ सयको लिन्छ ज्यान, तिन अर्ब बढी सम्पत्ति नष्ट

असार ७, काठमाडौँ । आजको नयाँ पत्रिका दैनिकले प्राकृतिक विपतमा परी नेपालमा प्रत्येक वर्ष सरदर पाँच सयको ज्यान जाने गरेको तथ्याङ्कसहित समाचार छापेको छ ।

 

त्यस्तै तीन अर्बभन्दा बढी सम्पत्तिको क्षति हुने गरेको समाचारमा उल्लेख छ ।

 

तथ्यांकअनुसार प्राकृतिक विपतबाट ०७३ मा चार सय ८३ को र ०७४ मा पाँच सय ९७ को ज्यान गएको छ । यी दुई वर्षमा मुलुकभर ६ अर्ब ३० करोड ३ लाख १८ हजार तीन सय ४७ रुपैयाँ मूल्यबराबरको संरचना तथा सम्पत्ति क्षति भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *