असार ७, ओट्टावा । क्यानडामा गाँजाको प्रयोगलाई वैध बनाइएको समाचार बिबिसीलाई उद्धृत गर्दै कान्तिपुर दैनिकले लेखेको छ । क्यानडाको संसद्ले मंगलबार ‘गाँजासम्बन्धी कानून’ पास गर्दै गाँजालाई वैधता दिएको हो ।

यो कानुनले गाँजाको उत्पादन, वितरण एवं बिक्रीलाई नियन्त्रण र नियमन गर्छ । अब क्यानडेलीहरूले यसै वर्षको सेप्टेम्बरबाट गाँजा कानुनी रूपमा किन्न र ‘मनोरञ्जन’ का हिसाबले उपभोग गर्न पाउनेछन् ।
नयाँ कानुनअनुसार १८ वर्ष पुगेका व्यक्तिले सार्वजनिक रूपमा ३० ग्रामसम्म सुकेको गाँजा किन्न पाउनेछन् ।








