०२ बैशाख २०८३ , बुधबार

कालीगण्डकीको पानी तानसेन ल्याइदै, २४ सै घण्टा पानी वितरण हुने

असार ११, रामपुर । कालिगण्डकीको पानी तानसेन ल्याइने भएको छ । नगरपालिकाका जनतालाई यसै वर्ष २४ सै घण्टा घरघरमा खानेपानीको सुविधा उपलब्ध गराइने योजनासहित लिफ्ट गरेर पानी ल्याइने भएको हो ।

 

उपभोक्ता समिति, निर्माण कम्पनी र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले एकवर्षभित्र सो आयोजना निर्माणका सम्पूर्ण काम सकी पानी वितरण गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिसेकेण्ड ४० लिटर पानी तान्ने क्षमतासहितको सो आयोजनाको हालसम्म ४० प्रतिशत काम सकिएको छ ।

 

हाल तानसेनमा पाँच दिनमा एक घण्टा खानेपानी वितरण हुँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *