असार ११, रसिया । आयोजक रसियाविरुद्ध ३–० गोल अन्तरको शानदार जितसँगै उरुग्वे जारी विश्वकप फुटबलको समूह ए को विजेता बनेको छ । यससँगै उसले अन्तिम १६ मा समूह बी को उपविजेतासँग भिड्ने छ ।

उरुग्वेका लागि लुइस सुआरेजले १०औँ मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए। २३औँ मिनेटमा रसियाका डेनिस चेरिसोभले आतमघाती गोल गरेपछि उरुग्वेले २–० को अग्रता बनायो।
त्यसपछि आयोजक रसियाको खेल झन सुखद रहेन । ३६ औँ मिनेटमा इगोर स्मोलनिकोभ रातो कार्ड खाँदै मैदान बाहिरिएपछि रसिया १० खेलाडीमा झर्यो। त्यसको फाइदा उठाउँदै उरुग्वेका लागि एडिनसन कभानीले ८८औँ मिनेटमा गोल गरे ।
समूह ए को उपविजेता बनेको रसियाले अब समूह बी को विजेतासँग खेल्नेछ।
समूह बी अन्तर्गत आजै स्पेन र मोरक्को तथा इरान र पोर्चुगलबीच खेल हुनेछ। मोरोक्को यसअघि नै दुई खेल हार्दै बाहिरसकेको छ भने बाँकी तीन टिम अन्तिम १६ मा पुग्ने होडमा छन् । दुवै खेल ११ः४५ बजे हुनेछ।
उता आफ्नो तेस्रो तथा खेलमा साउदी अरबले इजिप्टलाई २–१ ले हराएको छ । दुवै टिम समूह चरणबाटै बाहिरी सकेका हुन् ।







