असार १४, काठमाडौँ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका वीरगन्जका व्यापारी राजु दारुका एक्लैले ६ क्विन्टल सुन तस्करी गरेको खुलेको छ ।
दारुका आफैँले अहिलेसम्म ६ क्विन्टल सुन तस्करी गरेको स्वीकार गरेको समाचार आजको अन्नपूर्ण दैनिकमा छ ।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिसँग दारुकाले तस्करी स्विकार्दै बयान दिएका हुन् ।
नेपाली बजारमा अहिलेको भाउअनुसार ६ क्विन्टल सुनको मूल्य २ अर्ब ९४ करोड २७ लाख रुपैयाँ पर्छ ।








