असार १७, काठमाडौँ । प्रा.डा. गोविन्द केसीले आफ्नो माग पूरा नभएसम्म आमरण अनशन जारी रहने बताएको समाचार कान्तिपुर दैनिकमा छापिएको छ । जुम्ला प्रहरीको हिरासतमा रहेका केसीले हिरासतमै अनशन सुरु गरिसकेका छन् ।
मन्त्रिपरिषद्ले चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक मेडिकल माफिया र भ्रष्ट नेतालाई फाइदा हुने गरी परिमार्जन गरिए स्वीकार्य नहुने बताएका छन् । दुई तिहाइको समर्थन प्राप्त सरकारले जे पनि गर्न सक्छ भन्ने दम्भ राखेर विधेयक परिमार्जन गर्न लागेको उनको दाबी छ ।
‘चिकित्सा शिक्षा विधेयकबारे सत्तारूढ नेताहरूको प्रतिक्रिया हेर्दा उहाँहरू जनताका लागि काम गर्न हैन, लुट्न आएको जस्तो लागेको छ,’ केसीले भने ।








