असार १८, काठमाडौँ । मुलुकभर मनसुनी प्रभाव फैलिएसँगै केही भेगमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी ३ दिनसम्म अधिकांश भेगमा भारी र केही भेगमा अध्याधिक वर्षा हुने सम्भावना रहेकाले कोशी बाँध छेउका सर्वधारणलाई सतर्क रहन आग्रह गरिएको छ ।

मनसुन न्यून चापिय रेखा (वर्षा गराउने प्रणाली) नेपालतर्फ सरेकाले धेरैजसो भू–भागमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको समाचार नेपाल समाचारपत्र दैनिकमा छ । बंगालको खाडी र अरव सागरबाट भित्रिने जलवाष्पयुक्त हावा नेपाली भू–भागमा एकीकृत हुँदा भारी र अध्यधिक वर्षा हुने महाशाखाका मौसमविद् सुवास रिमालले बताए ।
समाचारमा मौसमविद् रिमाललाई उदृत गर्दै नदी तटीय क्षेत्र, भिरालो भू–भाग र सामान्य वर्षामा पनि डुवान हुने क्षेत्र आसपासमा सर्तकता अपनाउनु उत्तम हुने भनिएको छ ।








