०८ बैशाख २०८३ , मङ्गलबार

टिपरले दुर्घटना बढाएपछि भोलिदेखि ‘टाइम कार्ड’ लागू हुने

असार ३२, काठमाडौँ । टिपरका कारण सवारी दूर्घटना बढेपछि त्यसलाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म भोलि साउन १ देखि ‘टाइम कार्ड’ लागू गरिने भएको छ ।

 

भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले टाइम कार्ड लागू गर्न लागेको हो ।

 

टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन भने प्रतिघण्टा ४० किलोमिटर भन्दा बढी गतिमा गुड्न पाउने छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *