साउन ६, काठमाडौँ । गुन्द्रुक नेपाली मौलिक तरकारी हो । देशभित्र मात्र होईन, विदेशका नेपालीका भान्छामा यो पुग्छ । कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार निर्यातलाई आयातले थिचेको हाम्रो देशमा त्यही गुन्द्रुकसमेत चीनबाट ल्याईने गरिएको छ ।
रसुवागढी नाका हुँदै दुई बर्षमा ८ सय ४३ किलो गुन्द्रुक नेपाल भित्रिएको प्लान्ट क्वारेन्टईन कार्यालय टिमुरेले जनाएको छ ।








