०६ बैशाख २०८३ , आइतबार

ग्रिसमा लागेको भीषण आगलागीमा परी ७४ को मृत्यु, सयौँ घाइते

साउन ९, ग्रिस । ग्रिसको जंगलमा फैलिएको भीषण आगलागीमा परी अहिलेसम्म ७४ जनाको ज्यान गएको छ । राजधानी एथेन्स नजिकैको राफिना टाउन वरपरका जंगलमा फैलिएको आगोले सयौँलाई घाइते बनाएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यम बताएका छन् ।

 

आगलागी फैलिदै गएपछि आगो फैलन सक्ने खतरा भएका बस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

 

ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले आपतकालीन घोषणा गर्दै युरोपेली युनियन र अन्य देशमाथि आगो नियन्त्रणमा सहयोग गर्न अपिल गरेका छन् ।

 

आगलागीपछि तापक्रममा थप वृद्धि भएपछि मानिसहरु पानीमा डुबिरहेका छन् ।

 

आगलागीको भयानक तस्बिर हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *