०२ बैशाख २०८३ , बुधबार

नेपाल वायुसेवा निगमले भित्र्याएका २ वाइडबडी विमानको वारेन्टी नभएको खुलासा

साउन ११, काठमाडौँ । नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेको दुई थान वाइडबडी जहाजको वारेन्टी नै नरहेको खुलासा भएको छ । कारोबार दैनिकमा छापिएको समाचारअनुसार जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्टस्को वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेको भेटिएको हो ।

 

निगमले हाईफ्लाइ एक्ससँग गरेको सम्झौतामा वारेन्टी तथा ग्यारेन्टीको विषयमा दुवैपक्ष मौन बसेको भेटिएिको छ । उक्त विषयले बोर्ड बैठकमा पटकपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा सञ्चालक समिति अध्यक्ष कृष्ण देवकोटाले प्रश्न उठाएका थिए । बोर्ड बैठकमै दुईपटक यससम्बन्धमा निर्णय भए पनि सम्झौता अहिलेसम्म बोर्ड बैठकमा प्रस्तुत नगरिएको निगम स्रोतले जानकारी दिएको छ ।

 

निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलाई सम्बोधन नै नगरेर सचिव देवकोटाले पत्रसमेत लेखेको पाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *