साउन १४, काठमाडौँ । नेपालमा सञ्चालित उत्तर कोरियाली नागरिकका व्यापार/व्यवसाय बन्द गर्न संयुक्त राष्ट्रसंघले पत्राचार गरेपछि गृह मन्त्रालयले त्यसको यकिन विवरण उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको कारोबार दैनिकमा खबर छ ।
न्युयोर्कस्थित राष्ट्रसंघको स्थायी नियोगको पत्रबमोजिम गृह मन्त्रालयले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेका होटल रेस्टुरेन्ट लगायतका व्यापार व्यावसाय तथा संलग्न कर्मचारीको विवरण पेश गर्न गृह मन्त्रालयले प्रहरी पधान कार्यालयलाई निर्देशन दिएको हो ।








