साउन १९, काठमाडौँ । आगामी भदौ १ गतेदेखि सरकारले धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ ।
नेपाल समाचारपत्र दैनिकमा छापिएको समाचारमा सवारी साधनबाट निस्कने धूँवाको प्रदूषणबाट मानव स्वास्थ्यमा नै असर गर्नुका साथै वातावरण समेत प्रभाव पर्ने भएकाले धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउन लागेको बताइएको छ ।
सरकारले काठमाडौँ उपत्यका, सबै महानगरपालिका र उपमहानगरपालिका भित्र सवारीसाधन चेकजाँच गराई हरियो स्टिकर प्राप्त सवारी साधनले मात्र सञ्चालनको अनुमति पाउने भएका छन् ।








