साउन १९, काठमाडौँ । विभिन्न मन्त्रालयमा कार्यरत करिब ३२ हजार अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले जागिर धरापमा परेको भन्दै त्यसका विरुद्ध सिंहदरबार ठप्प पार्ने चेतावनी दिएका छन् ।
नेपाल समाचारपत्र दैनिकले छापेको खबरमा बर्षौंदेखि विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीलाई सरकारले अवकाश दिएपछि त्यसविरुद्धमा चरणवद्ध आन्दोलन गर्दै आएका उनीहरुले सरकारलाई पाँचदिने अल्टिमेटम दिएको उल्लेख छ ।
समाचारका अनुसार त्यति गर्दा पनि माग सुनुवाई नभए सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने समेत अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी श्रमिक संघले बताएको छ ।








