साउन २४, काठमाडौँ । बिहीबारको विशेष अदालतको इजलासले गुन्डा नाइके गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै १ वर्षको जेल सजाय सुनाएको छ ।

लामालाई १ वर्ष कैद, बिगो बमोजिमको जरिवाना र त्यस बमोजिमकै सम्पत्ति जफत हुने फैसला सुनाइएको अदालतका रजिष्टार नारायण पोखरेलले जानकारी दिएका छन् ।
अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायधिश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको मुद्दा फैसला गरेको उनले बताए ।








