साउन २८, काठमाडौँ । मन्त्रालयभित्रै कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उपसचिवलाई हातपतको प्रयास गरेको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई उनले हातपात गर्ने प्रयास गरेका हुन् ।
कुटपिटमा उत्रिएका भण्डारी शिक्षा विभागका अधिकृत हुन् ।








