पहिलो दिनबाटै धमाकेदार व्यापार गरेको बाहुबली २ को रफ्तार अझै कम भएको छैन । प्रदर्शनको नवौं दिनसम्म आइपुग्दा यो फिल्मले १ हजार करोड भारु कमाई गरेको छ ।
१ हजार करोडको आँकडा छुने यो पहिलो भारतीय फिल्म हो । यस फिल्मले भारतमा ८ सय करोड र ओभरसिजमा २ सय करोड आम्दानी गरेको छ । बाहुबली २ का अभिनेता प्रभासले फिल्मको यो सफलताका लागि फ्यानहरुप्रति आभार व्यक्त गर्दै फेसबुकमा सन्देश लेखेका छन् ।
व्यापार विश्लेषकहरुका अनुसार ‘बाहुबली’ ६ सय ५० करोडको व्यापार गरेको थियो । तर बाहुबली २ ले अहिलेकै रफ्तारमा अघि बढ्दा दुई हजार करोडको व्यापार गर्न सक्ने अनुमान गरिएको छ ।
बाहुबली २ ले आमिर खानको फिल्म ‘पीके’ को लाइफटाइम कलेक्शन (७ सय ९२ करोड) को रेकर्डलाई तोड्दै एक हप्तामै ८ सय ६० करोड कमाएको थियो । व्यापार विश्लेषक रमेश बालाका अनुसार एक हप्तामा बाहुबली २ को विश्वव्यापी हुद आम्दानी ५ सय ४५ करोड भारु पुगेको छ । करसमेत जोड्दा यो आँकडा ६ सय ९५ करोड रुपैयाँ पुग्छ ।








