कविता : मुसाफिरका गुलाम
~डा. विदुर चालिसे
म एेँचमा थेँ
म एेँठ अाराममा थेँ
दूर दूरकाे दृश्य गमनमा
बाहुबलीकाे पसिना पुछि
देख्दथेँ सानाे संसार
उस्काे यात्रा, मेराे जात्रा
गन्गव्य अग्लाे हिमालपार
नाङ्गै भुतुङ्गै भरियासरि
टेक्दै गाेडा लाैराे सरि
देख्तेँ म स्वर्गद्वार !
मुसाफिरकाे काँध चढि
गर्दथेँ यात्रा अपरम्पार !!
म जिज्ञासा साेध्दथेँ
म नवीनता हेर्दथेँ
म मान्दथेँ उस्काे अादेश
अारामपूर्वक वयल गाढाका
कपाल सपाइ तान्दथेँ ।
म गुलाम थेँ
गु लाम थे उस्मा
टिर्टिर छर्छर अठ्याइ कान
मुसाफिर दिन्थ्याे मलाई मान
खाेक्दथेँ ख्वाङ्ख्वाङ्
चिसाे स्याँठ
हिंड्दथेँ फट्फट
ठुलाे फाँट
नग्न थ्याे मेराे पिताम्वर
काँधदेखि कम्मर तक
हिंड्थ्याे मेराे यायावर
छातिदेखि कन्धन तक
हिंड्थ्याे मुसाफिर
लम्क्याे हतारमा
पुग्न कैलाश पन्थ सवारमा
मेराे यात्री दाैडरहेथ्याे
अाँखा खाेली धर्म बजारमा
अाँधि हुरी केही नभनी
बाेकिएथ्याे चिचिलाे चिण्डाे
बन्दि हुन्थेँ प्रेम वयमा
बात्सल्यताकाे फुर्का गाँसी !
चढिएथ्याे हैट हैट घाेडा
माथ सगरकाे तुनाे टाँसी !
कस्ताे सहन
तिम्राे प्यार !
कस्ताे पवन तिम्राे धार !!
जब पुग्थेँ गन्तव्य पार ।
मेराे खुसि बाबा प्यार ।
बाबा मेराे कर्म संसार ।
बढ्थेँ अाज हरेक बार ।
कर्म कालकाे सरम उषामा,
हेरिरहेछु तिम्राे स्नेह
। बा ! बा !! भन्दै पश्च निशामा,
मात्तिरहेछु गन गन गर्दै ।
प्यात्त लागेकाे गन्ध दिसामा !








