चितवन, ५ मंसिर । भरतपुर ९ को हाकिमचोकमा मंगलबार भएको बामगठबन्धनको चुनावीसभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जलीसभामा गित गाउन गएका एक जना गायक तथा पूर्व सांसद खुसीराम पाख्रिनलाई हृदयघातका कारण मृत्यु भएको छ। उनी अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो।
तर, डाक्टरले ढिला भैसकेको बताएका छन् । अस्पातल र स्थानीय प्रहरीले उनको मृत्युको पुष्टी गरेका छन्। पाख्रिनले २०३८ सालदेखि निरन्तर जनवादी गीत गाउँदै आएका थिए। माओवादीको बहुचर्चित चुनवाङ वैठकमा प्रचण्ड र बाबुरामसहितका माओवादी नेतालाई रुवाउने गित उनी पाख्रिनले लेखेका थिए।








