काठमाडौं । नेपाली फिल्म ‘प्रेमगीत’ मार्फत विशेष चर्चामा आएकी पूजा शर्मा अभिनेत्री तथा निर्मात्रीको रुपमा स्थापित भएकी छिन् । सुदर्शन थापासंग मिलेर बनाउने फिल्ममा उनी आफैं मूख्य भूमिकामा हुने गर्छिन् ।
पूजा शर्माले ‘प्रेमगीत’ मार्फत चर्चा बटुले पनि उनी प्रेमगीत २ मा भने देखिइनन् । प्रेमगीत पछि उक्त टिमसंग छुट्टिएका कारण उनी प्रेमगीत २ मा नदेखिएकी हुन् । सुदर्शन र पूजा शर्मा उक्त टिमसंग छुट्टिपछि उनीहरुको आलोचना भयो । अहिले पनि अन्तर्वार्ताहरुमा त्यो टिमका सदस्यहरुसंग जोडेर उनलाई प्रश्न सोध्ने गरिन्छ । पूजा शर्मा ती प्रश्नबाट दिक्क छिन् । उनलाई आफूले अहिले काम गरिरहेको फिल्म र अहिले आफूसंग काम गरिरहेको अभिनेतासंग सम्बन्धित रहेर प्रश्न सोधिए हुन्थ्यो भन्ने लाग्छ।
पूजा भन्छिन्, ‘यदि म त्यो टिमसंग छुट्टीएकी थिइन भने, मैले आज जे हासिल गरेकी छु, त्यो हासिल गर्ने थिइन । म जहाँको त्यहीं हुन्थें, अगाडी बढ्न सक्ने थिइन। प्रेमगीत टिम संग छुटिनु मेरो लागि राम्रो भयो ।’ पूजा शर्मा अहिले फिल्म ‘रामकहानी’ मा व्यस्त छिन् । रामकहानीमा उनीसंगै आकाश श्रेष्ठ प्रमुख भूमिकामा छन् । हालै मात्र यस फिल्मको एउटा गीत रिलिज भएको छ।








