२० फागुन २०८२ , बुधबार

गायक शेर्पाको सहयोगले असक्तहरुको मुहारमा खुशी

भिम लामा
जेठ ६, काठमाडौं । नव उदयमान गायक गोन्पो शेर्पाको सहयोगले जोरपाटी स्थित खगेन्द्र नवजीवनमा रहेका असक्त तथा असाहय व्यक्तिहरुको मुहारमा खुशी छाएको छ ।

शनिवार गायक शेर्पाले त्यस केन्द्रको होस्टेलमा रहेका अपाङता भएका व्यक्तिहरुलाई मौसमी रोगका संक्रमणबाट बचाउन आवश्यक पर्ने औषधीजन्य सरसफाईका सामाग्रीहरु उपलब्ध गराएको छ । उनले शारिरिक रुपमा असक्त तथा असाहय व्यक्तिहरुको स्वास्थ्यलाई मध्यनजर गरि आफुले गायनको क्रममा कमाएको रकमबाट सहयोग जुटाएको बताए । सहयोग प्राप्त गरेपछि त्यहाँ रहेका सबै शारिरिक रुपमै असक्त भएकाहरुको मुहारमा खुशी छाएको थियो । आफु पनि सिन्धुपाल्चोकको सामान्य परिवारबाट जन्मिएर दुःख गर्दै आएको स्मरण गराउँदै समाजसेवा गर्ने लक्ष्य सानैदेखि रहेकाले अहिले गीतसंगीतको माध्यमबाट सेवा प्रदान गरेको बताए । गायक शेर्पा भन्छ–‘आफुले जति कमाईन्छ त्यसको आधा भाग सेवामा खर्चिन्छु यो नै सेवा हो ।’

“जीवन संगीतको दुनियाँमा रमाईलो यात्रा हो, यहि यात्राकै क्रममा समाजसेवा गर्दा छुट्टै आनन्द आउँछ,

मेरो जीवनका लागि यही रमाईलो क्षण हो ।”

उनले त्यहाँ स्थित शारिरिक रुपमा असक्त तथा फरक क्षमता भएकाहरुलाई आफ्नो प्रस्तुती राखेर खुशी समेत प्रदान गरे । गायक शेर्पाकै साथमा उनिहरु पनि गीत संगीतमा रमाएका थिए । गायक गोन्पु भन्छ– ‘गीत संगीत सबैको लागि प्यारो हुन्छन्, झन उहाँहरु जस्तो कतै जान नसक्नेहरुका लागि त सहयात्री जस्तै हो ।’ सानो प्रयासले उहाँहरुको आत्माबल बढ्ने गरेको अनुभूति पाएकोे छु । खुशी लागेको छ आगामी दिनहरुमा पनि सहयोग गर्दै जानेछु –उनले भने ।

त्यहाँ स्थित खगेन्द्र नवजीवन केन्द्रमा अहिले देशभरिका ७० जनाभन्दा बढि अपाङगता भएका व्यक्तिहरु बसोबास गर्दै आएका छन् । अधिकांश शारिरिक रुपमै अशक्त भएको अपाङग मञ्च नेपालका अध्यक्ष टिकाराम ढुंगानाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *