०८ बैशाख २०८३ , मङ्गलबार

डाक्टर बन्ने चाहना थियो कलाकार भईदियो– कलाकार राज सरगम

“धनसम्पत्ति जति प्रयोग गरिन्छ त्यति नै सकिदै जान्छ, कला जति प्रयोग गरिन्छ झन तिखारिदै जान्छ ।”

मेलम्ची नगरपालिका वर्डा नं. ७, छाप सिन्धुपाल्चोकमा २०४८ सालमा बुबा ईश्वर घले र आमा चिनिमाया घलेको कोखबाट जन्मिएका राजकुमार घले (राज सर्गम) विगत ८ वर्षदेखि नृत्य, अभिनय हुदै गीतसंगीत क्षेत्रमा सक्रिया रहदै आएका छन् । उनी मेहनत र इमन्दारितालाई विश्वास राख्ने गायक तथा संगीतकार हुन् । उनि भन्छन् ‘ धनसम्पत्ति जति प्रयोग गरिन्छ त्यति नै सकिदै जान्छ, कला जति प्रयोग गरिन्छ झन तिखारिदै जान्छ ।’ धन सम्पत्ति निश्चित समयसम्म रहन्छ, कला आजीवन अमर रहिहन्छ । यस्तै परिवेशलाई आंगल्दै विभिन्न आरोह अवरोह पार गर्दै अगाडी बढिरहेका छन् राजकुमार घले (राज सर्गम) ।

 

कलाकारिताको अनुभव र बुझाईः

विगत ८ वर्ष अगाडीदेखि नृत्य क्षेत्रमा प्रवेश गरेका राज सर्गम आफ्नो रंग मञ्चलाई बलियो बनाउन दुःख र संघर्ष गर्दै गायन तथा संगीत क्षेत्रमा पाइला चाल्दै अघि बढिरहेको बताउँछ । उनि भन्छन्– ‘कलाकारिता मेरो लागि कर्म र भाग्य दुवै हो ।’ ‘आफ्नो डाक्टर बन्ने सोच थियो कलाकार भइदियो’ यो त भाग्यको खेल हो जस्तो लाग्छ । भाग्यलाई विस्तारै पेशामा आंगल्दैछु निकट भविश्यमा यसले सार्थकता प्रदान गर्ला भन्ने विश्वास लिएको छु । हरेक क्षेत्रमा अगाडी बढ्न कडा मेहिनती चाहिन्छ झन कलाकारिता क्षेत्र एउटा साझा मञ्च हो यसअर्थमा हो कि सबै वर्ग समुदायका मान्छेहरुको भावनालाई उत्र्तना सक्नुपर्छ । कलाकारीता पेशा समाजका ऐना पनि हो, समाज बदल्न महत्वपूर्ण भूमिका खेलेको हुदा यो पेशा मर्यादित बन्नु पर्छ । मनोरञ्जनलाई सामाजिक चेतनासंग जोडेर आफ्नो कला प्रस्तुत गर्दा छुट्टै आनन्द प्राप्त हुने अनुभुति हुने उनको भनाई छ ।

राज सर्गमको बाल्यकालको रुचि र भोगाईः

सामान्य परिवारमा जन्मिएकाले महांगो विद्यालय पढ्न नपाएको र विद्यालय पढ्दादेखि नै नृत्य गर्ने रुचि रहे त पनि साथीहरुले त्यस्तो कार्यमा आफुलाई सामेल नगर्दा पिडा लागेको बताउँछ । विद्यालयमा एक दिन साथीहरु नाँचेको हेर्न जाँदा ढोका थुनिदिएको र हात काटेर रगत आएको घटनालाई सम्झेर मनमा इख लिएर काठमाडौं प्रवेश पछि आफ्नो रुचि पुरा गर्न नृत्य सिकेको भोगाई सुनाउँछ ।

चुनौति नै चुनौतिः

आफ्नो चाहना पूरा गर्न काठमाडौं प्रवेशसंगै घरपरिवारबाट केही सर्पोट नपाएको, आफु नाँच्न थालेपछि झन गाउँलेहरुले समेत कुरा काट्ने र घरपरिवारलाई कुरा लाउने, आफुलाई हेर्ने दृष्ट्रिकोण नै नकारात्मक बनाइएको घटना स्मरण गराउँदै संघर्षकै क्षणमा इण्डियामा गएर ज्यामी काम गरेर ६० हजार पैसा कमाएर नेपाल फर्किए बताउँछ । त्यही पैसाले पहिलो चोटी मेलम्चीमा आफ्नो प्रस्तुति देखाएको र आफ्नो कलालाई सबैले हौसाला दिएर आफ्नो कर्म क्षेत्रलाई बलियो बनाउने आधार बनेकोले अझै संघर्षका दौरानमै अगाडी बढिरहेको बताए ।

नृत्य हुदाँ हुदैं गीत संगीत नै किन ?

मान्छेमा हजारौं सपनाहरु हुन्छन् ती सपनामध्ये मेरो नृत्य सिक्ने र समाजको अगाडी देखाउने थिए । विस्तारै नृत्यसंगै अन्य कलाको पनि आवश्यकता महसुस गरेँ, एउटा कलाकार बन्ने सोँच पलाए त्यही कलाकारिताका लागि आधारभूत तत्व भनेको तिनै कला हुन जुन नृत्य, गीत, संगीत र अभिनय ती कुराहरुको समिश्रण नै कलाकारिता रहेछ । त्यही अनुरुप जीवनको भोगाई र सिकाईलाई मूर्त रुप दिन अगाडी बढाउने क्रममा नृत्यसंगै गीत संगीततर्फ आकर्षित भएको सुनाउँछन् ।

पछिल्लो समयमा आफूलाई हेर्ने दृष्ट्रिकोणः

अहिले कुरा काट्नेहरुको मुख बन्द भएको छ । सबैले राम्रो दृष्ट्रिकोणले हेर्ने गरेको पाएकोछु । कला छ भने अन्य क्षेत्रबाट सर्पोट मिल्ने रहेछ । पहिलाको जस्तो समस्य छैन । खाना र लाउन पुगेको छ सन्तुष्टि नै छु । पहिला आफूलाई बिग्रेर हिडेको भन्नेहरु नै अहिले प्रशांस गर्न थालेको छ यसबाट आफ्नो पेशाप्रति गर्व लाग्छ ।

पहिलो कोशेली र सक्रियताः

‘छाडेर जाने निष्ठुरी कै’ बोलको पप आधुनिक गीत मेरो जीवनको पहिलो कृति नै भन्नुपर्छ । यो गीतबाट थप उर्जा मिल्दै गएको र सबैले प्रशांस गर्न थालेको बताउँछ । नृत्यबाट कलाकारिता क्षेत्रमा लागेको मान्छे गीतसंगीतमा देख्न पाएको भन्दै चर्चा गर्न थालिएको बताउँछ । तीनै गायक, संगीतकार राज सर्गमले एक दर्जनभन्दा बढि गीतमा शब्द तथा संगीत गरिसकेको र दर्जनभन्दा बढि आफ्नै गीत रहेको बताउँछ । त्यसमध्ये ‘तिम्रै तस्बीर’ बोलको गीतले चर्चामा पु¥याएको उनी सुनाउँछ ।

स्टेजको अनुभवः

आफु नृत्य क्षेत्रबाट आएकोले त्यस्तो डर नलागेको बताए पनि गीत गायनको समयमा भने आफु अलि नर्भस भएको बताउँछ । नृत्यमा कला मात्र प्रस्तुत हुने र गायनमा आम दर्शकसंग प्रत्यक्ष अन्तरक्रियात्मक शैलीमा प्रस्तुत हुनुपर्ने हुदाँ केही त्रुट्री हुन्छ कि भन्ने मनमा लागे पनि आफ्नो संघर्षका क्षणलाई सम्झिदै आफु अगाडी बढ्ने सोच आएपछि सहजै रुपमा दर्शक स्रोताको मन जित्न सफल भएको आफ्नो पहिलो अनुभव सहकार्य मासिकलाई सुनाउँछन् । पहिलो पटक समुहिक नृत्य गर्दा ७ हजारदेखि १० हजार सम्म पारिश्रमिक लिएको र गायनमा भने कार्यक्रमको प्रकृति र आयोजकसंगको सहमतिमा जाने गरेको छ कुनै रेट नतोकिएको उनी बताउँछन् ।

 

गायक, संगीतका तथा मोडल सर्गमको रुचिः

जीवनलाई गीत संगीतमा रुपान्तरण गर्ने, साथी संगीहरुसंग रमाउने र अरुको दुःखलाई संगीतमा उतार्ने ।

नव प्रवेशी कलाकारलाई सुझावः

अहिले प्रतिस्पर्धा बढेको छ, मेहनत निकै महत्वपूर्ण छ । सक्षम भएर मात्र कलाकारिता क्षेत्रमा प्रवेश गर्दा राम्रो हुन्छ । लगनशील र अनुसशानमा रहेर कलाकारिताको गहिराईमा बुझेर प्रवेश गर्दा उपयुक्र्त होला । दुई दिनको लागि मात्र रमाईलो गर्न आउनेहरु संगीतीक क्षेत्रमा प्रवेश नगर्दै राम्रो । कलाकारिताको जुनसुकै पाटोमा प्रवेश गर्दा रहर मात्र नभई भित्री इच्छा शक्ति नैै बदलेर लाग्नुपर्ने सुझाव ।

– सहकार्य मासिक पत्रिकाबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *