०४ बैशाख २०८३ , शुक्रबार

८१६ कैदीलाई माफी, माफीपछि जेलबाट छुटे बालकृष्ण ढुंगेल

जेठ १५, काठमाडौं । द्वन्दकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका बालकृष्ण ढुंगेलसँगै ८१६ जना कैदीलाई कैद माफीपछि मंगलबार कैदमुक्त गरिएको छ ।


शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो ।

सरकारले कैद मिनाहाका लागि गरेको सिफारिस राष्ट्रपतिले स्वीकृत गरेसँगै ढुंगेल लगायतका कैदी मंगलबार बिहान छुटेका हुन् ।

ढुंगेललाई स्वागत गर्न मंगलबार बिहानै उनका समर्थक डिल्लीबजार कारागार पुगेका थिए । समर्थकले उनलाई माला लगाएर स्वागत गरे भने ढुंगेलले सम्बोधन गरेका थिए ।

ढुंगेललाई माफी नदिन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ जारी छ । अदालतले सोमबारमात्र ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मागेको थियो ।

ती कैदीलाई गणतन्त्र दिवसको अवसरमा कैदमुक्त गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *