जेठ २३, सिरिया । सिरियाको उत्तरतर्फ रहेको हासाकह सहरमा मङ्गलबार अमेरिकी नेतृत्वको हवाई सेनाले कारबाही गरेको खबर छ ।

त्यस आक्रमणमा परी केही सर्वसाधारण तथा विद्रोहीको पनि मृत्यु भएको जनाइएको छ ।
लडाकू विमानबाट उक्त सहरको आवास क्षेत्रलाई लक्षित गरी मध्याह्न हवाई आक्रमण सुरु भएको हो ।
सिरियाली सरकारी समाचार संस्था सानाले सो कुरा जनाएको छ । हासाकह मै आइतबार राति पनि सैनिक कारबाहीबाटै केही बालबालिकाको मृत्यु भएको थियो ।








