०३ बैशाख २०८३ , बिहिबार

रक्सौल–काठमाडौंँ रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु

जेठ २६, काठमाडौँ । भारतको सीमावर्ती सहर रक्सौलदेखि काठमाडौँ जोड्ने रक्सौल–काठमाडौंँ रेलमार्ग निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु भएको छ ।

नेपालका रेल विभाग र भारतीय रेल्वेका कन्सलटेन्ट तथा इन्जिनियरहरूले शुक्रबारदेखि प्रस्तावित रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेको खबर आजको गोरखापत्रमा छ ।

रेल विभागका प्रवक्ता इन्जिनियर प्रकाशभक्त उपाध्यायले नेपाल र भारतका इन्जिनियरहरूको संयुक्त टोलीले शुक्रबारदेखि रक्सौल–काठमाडौंँ रेलमार्ग निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेको जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *