जेठ २९, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि गरेको निलम्बन फुकुवाका लागि स्वतन्त्र समिति बनाउने कार्य सुरु गरेको छ ।

आईसीसीका सहायक प्रमुख इमरान ख्वाजाले केही दिनअघि निर्वाचित क्यानका महासचिव अशोकनाथ प्यार्कुयाललाई पत्र लेख्दै स्वतन्त्र समिति र अन्यबारे अवगत गराएका छन् ।
समितिमा आईसीसीबाट आन्तरिक लेखा प्रमुख मुहम्मद अली अस्लाम, स्ट्राजेटिक प्रोजेक्ट्स अमर शेख र फाइनान्स र अप्रेसन अफिसर–एसिया नितिशा कोथारी रहने छन् । त्यस्तै समितिमा निर्वाचित क्यान र राष्ट्रिय खेलकुद परिषदका १–१ जना प्रतिनिधि हुनेछन् । कान्तिपुरलाई आईसीसीको पत्रमा आईसीसीले निर्वा्चित क्यान र परिषद्लाई पनि १ हप्ताभित्र समितिमा आफ्नो प्रतिनिधि सिफारिस गर्न मिति तोकेको छ । आईसीसीले पत्रमा नौ बुँदा लेख्दै त्यसलाई कार्यान्वयन गर्न भनेको छ ।








