०३ बैशाख २०८३ , बिहिबार

आँखाको शल्यक्रिया गर्न विदेशीहरू नेपालमा

जेठ ३०, काठमाडौँ । आँखाको शल्यक्रिया गर्न जहाज चढेर विदेशीहरू नेपाल आउने गरेका छन् ।

नेपालीमा सामान्य रोगको उपचार वा अप्रेसनका लागि पनि विदेश जाने प्रवृत्ति बढिरहेका बेला आँखाको शल्यक्रिया गर्न भने नेपाल विदेशीका लागि पनि सस्तो र भरपर्दो गन्तव्य बनेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

 

मोतियाविन्दु होस् वा खस्रे रोग अहिले नेपालमा आँखाको उपचार सुलभ देखेर विदेशबाट आउनेको संख्या बढ्दै गएको छ ।

 

गत वर्ष खस्रे रोगको ३० हजार बिरामीको शल्यक्रिया गरिएकोमा २० हजार भारतीय भएको नेपाल नेत्रज्योति संघको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *