असार ४, काठमाडौँ । मेलम्चीको पानी उपत्यकामा आउने समय अझै अनिश्चित छ । ‘मेलम्चीको पानी कहिले आउला ?’ भन्ने दशकौं देखिको जिज्ञासा सरकारले पटकपटक तोकेको मिति गुजारिदा अझै यसको किटान समय सकारसँग नभएको देखिन्छ ।

तर, मेलम्चीको पानी सुन्दरीजलमा खसेको खण्डमा भने उपत्यकामा पानी साता दिनभित्रै पुग्ने निश्चित भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले त्यसको लागि सबै काम सम्पन्न गरिसकेको छ ।
निर्देशनालयले पाइपलाइन बिछ्याउने काम सपन्नसँगै वितरणलाइनको पाइप परीक्षण समेत थालेको छ । परिक्षण थाल्नु भनेको पानी वितरणको लागि तयार हुनु हो । मेलम्चीको पानी सुन्दरीजलमा आउनसाथ उपत्यकाबासीलाई वितरण गर्ने तयारी साथ धमाधम काम भइरहेको निर्देशनालयका निर्देशक तिरेश खत्रीले बताएको समाचार आजको नागरिक दैनिकमा छ ।







