०३ बैशाख २०८३ , बिहिबार

मेक्सिकोको सीमा क्षेत्रमा १४ जनाको ज्यान जाने गरी दोहोरो गोली हानाहान

असार ११, मेक्सिको । मेक्सिकोको सीमा क्षेत्रमा भएका तीन वटा दोहोरो गोली हानाहानमा कम्तीमा १४ जनाको ज्यान गएको छ ।

 

मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जुअरेज सहरमा लागु औषध प्रयोगकर्ताको समूहको संलग्नतामा शनिबार गोलीकाण्ड भएको बताइएको छ ।

 

तीमध्ये शहरको दक्षिणी क्षेत्रमा भएको एउटा घटनामा छ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

 

विश्वकप फुटवल प्रतियोगिता हेर्न जम्मा भएका आठ जनामाथि गोली प्रहार हुँदा छ जनाको मृत्यु भएको र दुई जना घाइते भएका हुन् ।

 

त्यही समयमा छिमेकी अर्को ठाउँमा पनि फुटवल हेर्नकै लागि एउटा सैलुनमा भेला भएका अरु पाँच जना पनि मारिएका छन् । निलो भ्यानमा आएका व्यक्तिले उनीहरुलाई आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

शनिबार विहानै अरु तीन जनालाई छिमेकीको एउटा भोजबाट निकालेर बन्दुकधारीले हत्या गरेका थिए ।

यस सहरमा यो एक महिनामा मात्रै १२८ जना मारिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *