असार १८, नयाँदिल्ली । भारतको राजधानी दिल्लीको उत्तरी क्षेत्र बुरारी नजिकै सान्त नगरमा आईतबार बिहान एकै परिवारका ११ जना झुन्डिएको अवस्थामा मृत फेला परेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छ ।

तीन तल्ले भवनको पहिलो तलाको हलमा भेन्टिलेटरका लागि प्रयोग हुँदै आएको फलामको ग्रिलमा बालबालिका र किशोरहरुसहित नौ जना झुन्डिएको अवस्थामा फेला परेको हिन्दुस्तान टाईम्सले जनाएको छ ।
मृतकको सबैका आँखामा कपडाको टुक्राले बाँधिएको भेटिएको छ ।
प्रहरीले आत्महत्या वा सामूहिक हत्या भएको हो भनेर दुबै पक्षबाट अनुसन्धान सुरु गरेको बताइएको छ ।








