साउन २७, काठमाडौँ । बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) ले स्थापना भएको २२ वर्षपछि बिमस्टेक बिकास कोष र बिम्स्टेक पूर्वाधार लगानी बैङ्क स्थापना गर्ने भएको छ ।
समान लक्ष्य र उद्देश्य भएका क्षेत्रीय र अन्तर्राष्ट्रिय संगठनसँगको सहकार्यमा कोष स्थापना हुने गोरखापत्र दैनिकमा खबर छ । त्यसका लागि भदौ १२ देखि १५ गतेसम्म नेपालमा बिमस्टेकको चौथो सम्मेलन आयोजना हुँदैछ ।
शनिबार काठमाडौँमा भएको बिम्स्टेकका सदस्य राष्ट्रहरुका उच्चस्तरीय पदाधिकारीहरूको बैठकले सम्मेलनका लागि तयारी गरेको परराष्ट्र सचिब शंकरदास बैरागीले पत्रकार सम्मेलनमा जानकारी दिए ।








