०८ बैशाख २०८३ , मङ्गलबार

तामाङ समुदायको धर्म संस्कृतिमै राज्यको विभेद

भिम लामा, बैशाख २९, काठमाडौं । नेपाल तामाङ राष्ट्रिय सांस्कृतिक घेदुङले आयोजना गरेको कार्यक्रममा अधिकांश वक्तहरुले तामाङ तथा बौद्ध धर्म संस्कृतिलाई नै राज्यले विभेद गर्दै आएको धारणा राखे । तामाङ समुदायको पहिचान, हकअधिकार, धर्म संस्कृतिको संरक्षण र सम्बद्र्धनमा विशेष सहयोग पु¥याउन गठित सबै प्रकारका तामाङ संस्था तथा समूहहरु एक भएर लाग्नुपर्ने बताए ।

शनिवार भक्तपुरमा भएको सो कार्यक्रममा बोल्दै वक्तहरुले अधिकारको लडाईका लागि आफ्नो पहिचान सुरक्षित गर्न भाषा, धर्म, संस्कृतिको जगेर्ना गर्नुपर्ने उल्लेख गर्दै शसक्त रुपमा तामाङ जागारण अभियानलाई गाउँगाउँसम्म पु¥याउन सबैैले महत्वपूर्ण भूमिका निभाउनुपर्ने जिकिर गरे । त्यस्तै नेपाल राष्ट्रिय तामाङ घेदुङ अन्र्तगत तामाङ साँस्कृतिक भवनको निर्माण कार्यलाई सफल बनाउन शुभकामना समेत व्यक्त गरे ।

तामाङ साँस्कृतिक भवनको पहिलो तल्ला ढलनका लागि आर्थिक सहयोग जुटाउन गरिएको उक्त संगीतिक तथा बधाई कार्यक्रमले तामाङ समुदायलाई केन्द्रित गर्ने शन्देश दिएको समितिका कोषाध्यक्ष बसन्ती लामाले बताईन् । आर्थिक सहयोग जुटाउन सहयोग पु¥याउने देश विदेशमा रहेका सबैलाई धन्यवाद दिदै भवन निर्माणले पूर्णता पाउने आशा व्यक्त गरिन् । अव कुनै प्रकारको कार्यक्रम गर्न आफ्नै भवन प्रयोगमा आउने विश्वास व्यक्त गर्दै अन्य ठाउँमा गरेको खर्च बचत हुने र त्यसबाट कोष निर्माण गरि तामाङ समुदायका विपन्न वर्गका विद्यार्थीहरुको शिक्षामा सहयोग पु¥याउने लक्ष्य रहेको कोषाध्यक्ष लामाले बताईन् ।

सो संगीतिक कार्यक्रममा ख्याति प्राप्त कलाकार, व्यवसायी, समाजसेवी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । आर्थिक, भौतिक तथा सामाजिक रुपमा भवन निर्माणका लागि सहयोग पु¥याउनेहरुको अभिलेख तथा शिलालेख समेत भवनमा राखिने गायिका तथा कोषाध्यक्ष बसन्ती लामाले बताईन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *