२० जेठ २०८३ , बुधबार

सिरियाको उत्तरी सहर हासाकहमा अमेरिकी नेतृत्वमा हवाई कारबाही जारी

जेठ २३, सिरिया । सिरियाको उत्तरतर्फ रहेको हासाकह सहरमा मङ्गलबार अमेरिकी नेतृत्वको हवाई सेनाले कारबाही गरेको खबर छ ।

त्यस आक्रमणमा परी केही सर्वसाधारण तथा विद्रोहीको पनि मृत्यु भएको जनाइएको छ ।

 

लडाकू विमानबाट उक्त सहरको आवास क्षेत्रलाई लक्षित गरी मध्याह्न हवाई आक्रमण सुरु भएको हो ।

 

सिरियाली सरकारी समाचार संस्था सानाले सो कुरा जनाएको छ । हासाकह मै आइतबार राति पनि सैनिक कारबाहीबाटै केही बालबालिकाको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *