विकास ग्याबा
जेठ २५, काठमाडौं । नयाँ २ गीत रिलिज गर्दै चलचित्र ‘शेर्कु’ को प्रदर्शन मिति तय गरिएको छ । चलचित्र भदौ ३० गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले बिहिबार पत्रकार सम्मेलन गर्दै जानकारी दिए । “शेर्कु” को ‘शीर्षक गीत हेर्नुस्ः
“शीर्षक गीत” लाई अमृत लामा र जितु लोप्चानले स्वर दिएका छन् । गीतमा संगीत तथा शब्द राजकुमार मोक्तानको छ । फिल्मका मुख्य दुई पात्र रितुराज पाख्रिन र उर्मिला वाईबा फिचरिङ भिडियोलाई रोशण फ्युबा तामाङ र निर्देशक राजकुमार मोक्तानले कोरियोग्राफी गरेका छन् । गीतको सम्पादन र छायांकन रोशण फ्युबाले गरेका छन् ।
त्यस्तै अर्को साँस्कृतिक गीत पनि पत्रकार सम्मेलनमा प्रस्तुत गरेका छन् । आर बि लामा सिङ्दानको स्वर तथा संगीतमा गीतलाई निकै आकर्षक सुनिएको छ । जीवन बोम्जनले गीतलाई लेखेका हुन् । मयुङ बुरिङबाट सिने क्षेत्रमा भित्रिएकी पचास दशककी सर्बाधिक प्रिय अभिनेत्री चाँदनी मोक्तान ९ बर्षपछि तामाङ फिल्ममा देखिएकी छिन् । प्रेसमिटमा भेटिएकी नायिकालाई रोल त छोटो रहेछ । तैपनि केले खेल्ने अभिप्रेरित गर्यो ? भन्ने प्रश्नमा आफुलाई सुहाउँदो पात्र भेटिएको र फिल्मको कथाले मन छोएको बताईन् । अगामी दिनमा लिड रोलमा देखिने सम्भावना कत्तिको छ ? भन्ने अर्को प्रश्नमा राम्रो फिल्मको अफर आएमा अवश्य देखिन्छु भनी जवाफ फर्काइन् ।
प्रेसमिटमा निर्माण पक्षले फिल्म हरेक हिसाबबाट उत्कृष्ट र बिशुद्ध मौलिक बनेको दाबी गरेका छन् । प्रीन्स मुभिज एण्ड एक्स्ट्राभेग्यान्जाको प्रस्तुती रहेको फिल्ममा रितुराज र उर्मिला संगै चाँदनी मोक्तानको कमब्याक, शुष्मा मोक्तान, शुष्मा थिङ, बिकास स्याङ्तान, बैरागी मोक्तान, मुस्कान तामाङको अभिनय छ । फिल्ममा पटकथा तथा संवाद नायक रितुराज पाख्रिनको छ । फिल्म निर्माणमा राजकुमार मोक्तान र सिद्धार्थ मोक्तानसँग निमा दावा रुम्बा तामाङ र तेन्जिङ शेर्पा (ह्योल्मो) ले सहकार्य गरेका छन् । प्रेसमिटको भिडियो हेर्नुस् ।








