२० बैशाख २०८३ , आइतबार

चीन–अमेरिका प्रतिस्पर्धा ः चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

असार ३, वासिंटन । पचास अर्ब डलर बराबरको चिनीयाँ सामानमा २५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसले घोषणा गरेका छन् ।

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार चीनले अमेरिकाको बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाउँदै उक्त कर लगाउने घोषणा गरिएको हो ।

 

यो निर्णय आगामी जुलाई ६ देखि लागू हुने अमेरिकाले बताएको छ । राष्ट्रपति ट्रम्पले यसले चीनमा, अमेरिकी प्रविधि र बौद्धिक सम्पत्तीको थप अनुचित हस्तान्तरणलाई रोक्ने बताएका छन् । साथै यसले अमेरिकी रोजगारको रक्षा गर्ने ट्रम्पको दाबी छ ।

 

उनले अमेरिकाले अब अनुचित आर्थिक अभ्यासमार्फत आफ्नो प्रविधि र बौद्धिक सम्पत्ति गुमाएको सहन नसक्ने बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *