असार २९, काठमाडौँ । आर्यन सिग्देलको बहुप्रतिक्षित नेपाली चलचित्र ‘कायरा’ को गीत विहीबार सार्वजनिक गरिएको छ ।
लभ स्टोरी रहेको यस चलचित्रले आफ्नो पहिलो गीत सार्वजानिक गरेको हो । ‘सुखमा’ बोलको उक्त गीतमा संगीत तथा शब्द कोसिस क्षेत्रीको रहेको छ भने स्वर केतन क्षेत्रीको रहेको छ । उदय राज पौडेलको एरेन्जर रहेको गीतलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् ।
लक्ष्मण रिजाल र नायक आर्यन सिग्देल मुख्य लगानीमा संयुक्त रुपमा निर्माण गरेको यस चलचित्र साउन १८ गतेबाट हलमा आउदै छ । आर्यन सिग्देल, साम्राज्ञी र राज्यलक्ष्मी साहको मुख्य अभिनय रहेको यस चलचित्र, नेपाली चलचित्र जगतमा पछिल्लो समय अत्याधिक चर्चामा रहेको छ । निर्माण समुहले निकै आशा गरेको यस चलचित्रका सह निर्माता दीवस पराजुली, दिनेस थापा रहेका छन् भने कार्यकारी निर्मातामा राज कुमार भट्ट हुन् ।
म्यूजिकल लभ स्टोरी यो चलचित्रलाई फिलिपिन्समा छायांकन गरिएको छ ।
https://www.youtube.com/watch?v=z2km2uyHLJM








