असार २८, काठमाडौँ । संगीतकार तथा गायक सुमन राई र दृष्टि बिहिन गायिका रेणुका राईको आवाजमा रहेको ‘बाच्न मलाई’ गीत युट्युबमा सार्वजनिक भएको छ ।
यससँगै रेणुकाको गीत रेकर्ड गर्ने इच्छा संगीतकार तथा गायक सुमन राई, ईन्द्र जिजिविषा, मिना राई, जानु काम्बाङ लिम्बू लगायतको पहलमा पूरा भएको छ ।
नौ वर्षकै कलिलो उमेरमा आफ्ना दुबै दृष्टि गुमाएकी गायिका रेणुकाले आँखाको उपचारकै लागि सडकमा संघर्ष गर्दै आएकी थिइन् ।
‘अत्यन्तै कारुणिक शब्द छ’ संगीतकार तथा गायक सुमन राईले भने, ‘गीतको कथा रेणुकाकै वास्तविक जीवन कहानीसँग मिल्छ ।’
गीतको शब्द जानु काम्बाङ लिम्बूले लेखेकी हुन् भने संगीत/एरेन्ज सुमन राईले गरेका हुन् । मिक्सिङ मिन विष्टले गरेका हुन् भने स्टुडियो भिडियोको सम्पादन अनिलकुमार महर्जनले गरेका हुन् ।
हाल देश विदेशबाट रेणुकाको आँखाको उपचारका लागि सहयोग रकम सङ्कलन भइरहेको भन्दै सार्वजनिक गीतबाट आएको पैसा पनि रेणुकाकै आँखाको उपचारार्थ खर्च गरिने निर्माण पक्षले जनाएको छ ।
गीत सिलिचुङ टिभीको युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो ।
https://www.youtube.com/watch?v=CH4QuHlfRRs








