०३ बैशाख २०८३ , बिहिबार

मनोज साङ्सोनको ‘किन हो किन’ युट्युबमा सार्वजनिक (भिडियोसहित)

असार २६, काठमाडौँ । गायक तथा सङ्गीतकार मनोज साङसोनको नयाँ गीत ‘किन हो किन’ युट्युबमा सार्वजनिक भएको छ । आइतबार उनले आफ्नै युट्युब च्यानल मार्फत् स्टुडियो भिडियोसहित गीत सार्वजनिक गरेका हुन् ।

 

पछिल्लो समय गायनमा भन्दा संगीतमा बढी देखिन थालेका साङसोनले गीतमा संगीत/संयोजन गरेका छन् । टिकाराम बादिहाङ राईको शब्द रहेको गीतमा डि प्रतिमा बि. क. को आवाज रहेको छ ।

 

फो वान रेकर्डिङ्ग स्टुडियोमा सन्दिप बान्तावाले गीतको रेकर्ड गरेका हुन् भने मोहन कुमारले भिडियो खिचेका हुन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *